एमाले सांसदलाई कार्यकक्षमा कुराएर कता गए सभामुख ? — OSNepal

एमाले सांसदलाई कार्यकक्षमा कुराएर कता गए सभामुख ?

LC (KTM) August 20, 2021 0

काठमाडौं, ४ भदौ । आफ्ना १४ जना सांसदहरुलाई पदमुक्त गर्न दबाब दिन एमालेका सांसदहरु कार्यकक्षमा कुरेर बसेको थाहा पाएपछि सभामुख अग्निप्रसाद सापकोटा कार्यालय नै गएनन् ।

माधवकुमार नेपालले प्रस्तावित गरेको एमाले समाजवादीमा समावेश भएका नेता नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न एमालेले संसद सचिवालयलमा पत्र बुझाएको छ । तर, सभामुख सापकोटाले उनीहरुलाई पदमुक्त नगरेपछि दबाब दिन एमालेका नेताहरु शुक्रबार कार्यालय समय सुरू हुनासाथ सभामुखको कार्यकक्षमा पुगेका थिए ।

यसबारे जानकारी पाएपछि सभामुख सापकोटा शुक्रबार कार्यालय नै गएका छैनन् । लामो समय कुरेर बस्दा पनि नआएपछि एमाले सचेतक शान्ता चौधरीले सभाुख सापकोटालाई फोन गरिन् । तर, सभामुख सापकोटाले आज आफू कार्यालय नआउने जानकारी गराएपछि एमाले नेताहरु सचिवालयबाट फर्किएका छन् ।

सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी, गोकुल बास्कोटा, कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, विमला विश्वकर्मा, गोमा देवकोटा, सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन उनको कार्यकक्षमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर