एयरपोर्टस्थित एयरपोर्ट सेकुवा कर्नरबाट चितुवाको छाला सहित ३ जना समातिए — OSNepal

एयरपोर्टस्थित एयरपोर्ट सेकुवा कर्नरबाट चितुवाको छाला सहित ३ जना समातिए

LC (KTM) December 01, 2021 0

काठमाडौं, १५ मंसिर -काठमाडौं महानगरपालिका-९ एयरपोर्टस्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ बन्यजन्तु चितुवाको करिब २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको १ थान छाला सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-२ घर भएका २८ वर्षीय बिशाल तामाङ, गोकर्णेश्वर नगरपालिका-३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-२ घर भएका ३२ वर्षीय विनोद तामाङ र गोकर्णेश्वर नगरपालिका-३ बस्ने चितवन राप्ती नगरपालिका-१ बस्ने ४२ वर्षीय कामी सिंह स्याङ्तान रहेका छन् ।

काठमाडौं महानगरपालिका-९ एयरपोर्ट एरियामा केही व्यक्तिहरुले दुर्लभ चितुवाको छाला अबैध रुपमा विक्री वितरण गर्नको लागि लुकाई ल्याई राखेको छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चितुवाको छाला सहित फेला पारी पक्राउ गरेको हो ।उनीहरूलाई बरामद छाला सहित आवश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर