एलिनाको गीतमा सुधिर र उषाको रोमान्स — OSNepal

एलिनाको गीतमा सुधिर र उषाको रोमान्स

LC (KTM) September 10, 2021 0

एलिना चौहान र नील पुनः को स्वर समावेश म्युजिक भिडियो ‘निर्मोही मायालु’ सार्वजनिक भएको छ । शुक्रबार दिउँसो युट्युव रिलिज गरिएको उक्त गीतमा शब्द र संगीत पनि पुनः को नै छ । संगीत निर्माणको काम किरण माइकल घिमिरेले गरेका छन् ।

गीतको भिडियोमा मोडल द्वय सुधिर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् भने मानवी श्रेष्ठ, सोनी पुनः र रीमा पाइजालाई सहायक भुमिकामा प्रस्तुत गरिएको छ ।

भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् । कोरियोग्राफी प्रमोद भण्डारीको छ भने सम्पादन विकास दाहालले गरेका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई सुरेन्द्र थापाले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर