एसएलआर,अश्रुग्यास प्रहार गर्ने बन्दुक र अन्य उपकरण सहित सर्वोच्च परिसमा सुरक्षाकर्मी तैनाथ — OSNepal

एसएलआर,अश्रुग्यास प्रहार गर्ने बन्दुक र अन्य उपकरण सहित सर्वोच्च परिसमा सुरक्षाकर्मी तैनाथ

LC (KTM) November 18, 2021 0

काठमाडौं २ मंसिर । आन्दोलन गरेको झण्डै एक महिना पुग्न लाग्दा पनि आन्दोलन समाप्त नभएपछि आज बिहिबार एसएलआर सहतिका सुरक्षा टोली सर्वोच्च अदालतको परिसरमा खटाइएको छ ।

आन्दोनरत न्यायाधीशहरुले यो पहिलो पटक देखेको भन्दै बताएका छन् । सुरक्षा कर्मीले आज धर्नामा बसिरहेका न्यायाधीशहरु माथि हस्तक्षेप समेत गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै आएका नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायी माथि प्रहरीले आज हस्तक्षेप गरेको छ । प्रहरीले बल समेत प्रयोग गरेको छ ।

प्रहरीहरुले अश्रुग्यास प्रहार गर्ने बन्दुक र दंगा नियन्त्रणमा उपयोग गरिने अन्य उपकरण समेत बोकेर आएका छन् । त्यसै गरी प्रधानन्यायाधीश जवराको सुरक्षालाई पनि कडा बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर