ए डिभिजन लिगमा आज २ खेल हुदै , बिभागीय टोली आर्मी र पुलिस भिड्दा एनआरटीले मच्छिन्द्रको सामना गर्ने — OSNepal

ए डिभिजन लिगमा आज २ खेल हुदै , बिभागीय टोली आर्मी र पुलिस भिड्दा एनआरटीले मच्छिन्द्रको सामना गर्ने

LC (KTM) November 21, 2021 0

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज पहिलो चरणको अन्तिम खेलहरु हुदैछन् । आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा दुई बिभागीय टोलीले भिड्दैछन् । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

आर्मी र पुलिसबीचको विभागीय डर्बी खेल दिउँसो १ बजे सुरु हुने बताइएको छ। दशरथ रंगशालामा आज हुने खेलमा दुबै टिम जितको खोजीमा हुनेछन् । आर्मी भरत खवास र पुलिस राम बाजीको कप्तानीमा मैदान उत्रदैछ ।यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसीको न्युरोड टिम एनआरटीले सामना गर्नेछ । मछिन्द्र र एनआरटीबीचको खेल पौने ५ बजे मात्र सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर