ए डिभिजन लिगमा एनआरटी र बिग्रेड ब्वाइजको बराबरी — OSNepal

ए डिभिजन लिगमा एनआरटी र बिग्रेड ब्वाइजको बराबरी

LC (KTM) November 29, 2021 0

ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा आज भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेलेका हुन् । दुबै टोलीले राम्रा अवसरहरु पाए पनि गोल गर्न चुकेका थिए । दुबै टोलीले गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएका हुन् ।

आजको बराबरीसँगै ब्रिगेडले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपीएफलाई तीन दुई गोल अन्तरले पराजित गरेको थियो । एनआरटी भने यस अघि मछिन्द्र संग पराजित भएको थियो । आजको बराबरी संगै मछिन्द्रले १ अंक जोडेको छ । आजको खेलमा ब्रिगेडका शिशिर लेखी म्यान अफ दि म्याच घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर