ए डिभिजन लिगमा बिभागीय टोली आर्मी र पुलिसको बराबरी — OSNepal

ए डिभिजन लिगमा बिभागीय टोली आर्मी र पुलिसको बराबरी

LC (KTM) November 22, 2021 0

बिभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा एक एक गोलको बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा दुबै टिमले एक एक गोलको बराबरी खेल्द अंक बाँडेका हुन् । खेलमा पुलिसले अग्रता बनाए पनि त्यसलाई जोगाएर राख्न नसक्दा अंक बाँड्नु परेको हो ।

निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती एक गोलको अग्रता उल्टाएर आर्मीले पुलिससँग बराबरी खेलेको थियो । पुलिसका सन्तोष हेमरामले गोल गरेका थिए । पुलिसको अग्रतालाई तोड्न आर्मीका विवेक बस्नेतले बराबरी गोल फर्काएका थिए । दुबै टोलीले दोस्रो हाफमा मात्र गोल निकालेको थियो । आजको यो बराबरीसँगै आर्मी र पुलिसले एक एक अंक पाएका छन् । खेलमा आर्मीका सेसेहाङ म्यान अफ दि म्याच घोषित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर