ए डिभिजन लिगमा ललितपुरे क्लब थ्री स्टारको शानदार जित — OSNepal

ए डिभिजन लिगमा ललितपुरे क्लब थ्री स्टारको शानदार जित

LC (KTM) November 20, 2021 0

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा ललितपुरे क्लब थ्री स्टारले शानदार जित संगै सुखद सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा छिमेकी क्लब च्यासल युथ क्लबलाई तीन शुन्य गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सानदार सुरुआत गरेको हो ।

थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक एक गोल गरे ।जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । थ्री स्टार तालिकाको शीर्ष स्थानमा रहेको छ । च्यासलले भने हारबाट सिजनको सुरुआत गरेको छ ।

खेलको म्यान अफ दि म्याच थ्री स्टार निशान खड्का घोषित भए । प्रतियोगिता अन्तर्गत भोली दुई खेलहरु हुदैछन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर