ए डिभिजन लिगमा मछिन्द्रको दोस्रो जित — OSNepal

ए डिभिजन लिगमा मछिन्द्रको दोस्रो जित

LC (KTM) December 08, 2021 0

सहिद स्मारक एु डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले दोस्रो जित निकाल्न सफल भएको छ । दशरथ रंगशालामा आज भएको खेलमा जावलाखेल युथ क्लबलाई शुन्यका बिरुद्ध दुई गोल गर्दै मछिन्द्रले दोस्रो जित निकालेको हो । मछिन्द्रको जितमा रंजित धिमालले एक गोल गरे ।

जावलाखेलका सिमान्त थापाले एक आत्मघाती गोलको उपहार दिए । खेलको १४ औं मिनेटमा जावलाखेलका सिमान्त थापाले आत्मघाती गोल गरेपछि मछिन्द्रले सुरुआती अग्रता बनाएको थियो । खेलको २१ औं मिनेटमा डिफेन्डर रंजित धिमालले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रले अग्रता दोब्बर बनाएको थियो । आजको जितसँगै मछिन्द्रले ३ खेलमा ७ अंक जोडेको छ । मछिन्द्र दोस्रो स्थानमा समेत उक्लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर