ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबको पहिलो जित दर्ता — OSNepal

ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबको पहिलो जित दर्ता

LC (KTM) November 27, 2021 0

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले पहिलो जित दर्ता गरेको छ । आज सम्पन्न खेलमा विभागीय टिम एपीएफ क्लबलाई शुन्यका बिरुद्ध एक गोल गर्दै च्यासलले लिगमा पहिलो जित दर्ता गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासललाई जित दिलाउने क्रममा रुमेश बर्तौला नायक बने । निर्णायक गोल गरे ।

उनले ४९ औं मिनेटमा गोल गरेका थिए । आजको जितसँगै च्यासलले दुई खेलमा स्पष्ट ३ अंक जोड्दै लिगको सातौं स्थानमा उक्लिन सफल भएको छ । च्यासल भने आफ्नो पहिलो खेलमा थ्री स्टारसँग तीन शुन्यको पराजय भोग्न बाध्य भएको थियो । एपीएफले भने हारको श्रृंखलालाई निरन्तरता दियो । आजको खेलको म्यान अफ दि म्याच रुमेश चुनिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर