ऐतिहासिक राँगा आहाललाई पोखरी बनाइने — OSNepal

ऐतिहासिक राँगा आहाललाई पोखरी बनाइने

LC (KTM) January 11, 2022 0

खोटाङ, २६ पुस-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१, ४ र ५ मा फैलिएको देविस्थान सामुदायिक वन क्षेत्रमा रहेको ऐतिहासिक राँगा आहाललाई पोखरी बनाउने निर्णय गरिएको छ । देविस्थान सामुदायिक वन उपभोक्ता समुहको सातौं साधारणसभाले राँगा आहालको ऐतिहासिक पक्षलाई उजागर गर्नका लागि १० मिटर लम्बाई र १० मिटर चौंडाई भएको पोखरी बनाउने निर्णय पारित गरेको हो ।

साधारणसभाले कालिका भगवती, बुद्धेस्वर महादेव र मझुवागढी रहेको वन क्षेत्रलाई बहुआयमिक वन बनाउने लक्ष्यका साथ ६ देखि सातवटा रिचार्ज पोखरी बनाउने निर्णय गरेको छ । वन क्षेत्रलाई हरियाली बनाउन र वनमा भएका वन्यजन्तु तथा पन्छीका लागि आवश्यक पानीको पूर्तिका लागि रिचार्ज पोखरी बनाउने निर्णय गरिएको देविस्थान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेम कट्वालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर