काठमाडौ । ओमिक्रोन भेरियन्टका कारण नेपाली चलचित्र ‘प्रेमगीत ३ को रिलिज मिति रोकिएको छ । फागुन १३ गते प्रदर्शन मिति घोषणा गरिएको यो चलचित्र अनिश्चितकालका लागि पोस्टपोन्ड भएको जनाइएको छ ।
‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनले फिल्मको रिलिज मिति रोकिएको फेसबुक मार्र्फत जानकारी गराएका हुन् । हिन्दी भाषामा डबिग गरिएको उक्त चलचित्र भने भारतका हलमा प्रदर्शन गरिँने भएको छ ।
सन्तोष सेनको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत जस्ता चर्चित कलाकारको अभिनय रहेको छ ।