ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा स्मार्ट लकडाउन ! — OSNepal

ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा स्मार्ट लकडाउन !

LC (KTM) January 07, 2022 0

काठमाडौं २३ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण बढ्न नदिन उच्च सर्तकता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

आज शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।

आज २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि प्रधानमन्त्री देउवाले बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र संक्रमितहरुको परीक्षण तथा उपचारमा विशेष ध्यान दिन निर्देशन दिएका हुन् ।

त्यसैगरी आज पछिल्लो २४ घण्टामा झण्डै एक हजारको संख्यामा संक्रमितको पुष्टि भएको थियो । सीमा नाकाहरुमा कडाई तथा खोप ल्याउने काममा तीव्रता दिन समेत देउवाले निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जनाएका छन् ।

पछिल्ला दिनमा ओमिक्रोन बढ्दै गएमा भीडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा समेत बैठकमा छलफल भएको स्वास्थ्य मन्त्री खतिवडाले जनाएका छन् ।

बैठकमा तेस्रो चरणको बुस्टर डोज खोपलाई प्राथमिकता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर