ओलीको व्यवहार र निर्णयले नेताहरुको हालत उकुसमुकुस र निद्रा नलाग्ने अवस्था छ : माधव नेपाल — OSNepal

ओलीको व्यवहार र निर्णयले नेताहरुको हालत उकुसमुकुस र निद्रा नलाग्ने अवस्था छ : माधव नेपाल

LC (KTM) December 07, 2021 0

विराटनगर २१ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी मिल्ने सक्ने सम्भावना रहेको बताएका छन् । मंगलबार सुनसरीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले संविधानलाई नमान्ने, लोकतान्त्रिक समाजवादी, गणतन्त्र उल्टा्याउन चाहने राप्रपा र केपी शर्मा ओली नेतृत्वको एमाले एक ठाउँमा उभिने सक्ने अवस्था आउन सक्ने बताएका छन् । उनले भने, ‘हामी त्यहाँ ९एमालेमा० भएको भए के हुन्थ्यो हालत रु हरि बिजोग हुन्थ्यो ।’

ओलीको कन्ट्रोलमा रहेको एमालेमा रहेका कुनै नेतालाई पनि ओली विरुद्ध बोल्ने आँट नभएको भन्दै उनले भीम रावल , घनश्याम भुसाल लगायतलाई लक्षित गर्दै भने, उकुसमुकुस छ, सुतौं निद्रा नलाग्ने, उठौं चैन नहुने,’ नेता नेपालले भने, ‘विजोग छ, यी (ओली) सुध्रिनेवाला छैनन् । त्यो जमात क्रान्तिकारी रहेन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर