ओलीले धाक नलगाए हुन्छ सुर्यमा ग्रहण लागिसक्यो अब कलम चम्किरहेको छ : माधव नेपाल — OSNepal

ओलीले धाक नलगाए हुन्छ सुर्यमा ग्रहण लागिसक्यो अब कलम चम्किरहेको छ : माधव नेपाल

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । नेकपा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब सूर्य चिन्हको धाक नदेखाए हुन्छ, सूर्यमा ग्रहण लागिसकेको भन्दै अध्यक्ष केपी ओली माथि खनिएका छन् ।

बुधबार जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले ओली अत्यन्तै छट्पटाइरहेको बताउँदै जथाभावी बोलेर आफ्नो असली चरित्र देखाइरहेको टिप्पणी गरेका छन् ।

‘अब सूर्य चिन्हको धाक नदेखाए हुन्छ, सूर्यमा ग्रहण लागिसकेको छ,अब कलम चम्किरहेको छ । सत्य र न्यायको सन्देश दिइरहेको छ ।’ नेपालले भने ।

सात प्रदेश मध्ये दुई प्रदशेमा आफ्नो पार्टीले नेतृत्व गरिरहेको बताएका उनले आफ्नो पार्टीमा आकर्षण पनि बढेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर