ओलीसँग अध्यक्षमा हारेका रावलले केन्द्रीय सदस्यमा किन खाएनन् शपथ ? — OSNepal

ओलीसँग अध्यक्षमा हारेका रावलले केन्द्रीय सदस्यमा किन खाएनन् शपथ ?

LC (KTM) November 30, 2021 0

काठमाडौं, १४ मंसिर -नेकपा एमालेको केन्द्रीय सदस्यमा विजयी भएका भीम रावलले शपथ ग्रहण गरेनन् । एमाले विधान अनुसार केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य दुवैमा उम्मेदवारी दिन मिल्ने व्यवस्था छ । सोही अनुरूप नेता रावल अध्यक्षमा हारे पनि केन्द्रीय सदस्यमा विजयी थिए ।

एमाले निर्वाचन समितिका संयोजक विजय सुब्बाले रावलको नाम केन्द्रीय कमिटी सदस्यमा पढेका थिए । तर, रावलले केन्द्रीय कमिटीमा नबस्ने जानकारी दिएका छन् ।

उनले अध्यक्ष पदमा पराजित भएमा आफू केन्द्रीय सदस्यमा नबस्ने बताएका दिए । विधान अनुसार निर्वाचन समितिले उनको उम्मेदवारी स्वतः केन्द्रीय सदस्यमा पनि राखेको थियो । तर, रावले आफूले उम्मेदवारी नदिएको पदमा पनि राखेको भन्दै दिउँसो आपत्ति जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर