कञ्चनपुर कांग्रेस सभापतिमा बोगटी र थापा चुनावी मैदानमा — OSNepal

कञ्चनपुर कांग्रेस सभापतिमा बोगटी र थापा चुनावी मैदानमा

LC (KTM) November 26, 2021 0

महेन्द्रनगर, १० मङ्सिर -नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापति पदका लागि पदम बोगटी र बहादुरसिंह थापा प्यानलसहित चुनावी मैदानमा छन् ।निर्वाचनका लागि बुधबार साँझ पत्रकार सम्मेलन गरी प्यानलसहित घोषणा गरेका उम्मेदवार बोगटी मतमाग्न जिल्ला दौडाहामा छन् । त्यसैगरी बिहीबार साँझ आफ्नो टिम घोषणा गरेका थापा पनि चुनावी प्रचारमा छन् । बोगटीलाई कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको साथ रहेको छ भने थापालाई अर्का केन्द्रीय सदस्य नारायणप्रकाश साउँदको समर्थन छ ।

बोगटी यसअघिको निर्वाचनमा सभापति पदमा पराजित भएका थिए । भने थापा तीन पटक जिल्ला पार्टीको सभापति हुँदै सांसदसम्म भइसकेका नेता हुन् । बोगटीको टिम दिवाकर पाण्डेय र शङ्करबहादुर चन्द उपसभापति पदका उम्मेदवार छन् । त्यसैगरी सो समुहको सचिवमा सिद्धराज भट्ट र जनकसिंह धामी र सहसचिवमा कविराज भट्ट र पुष्कल चौधरी उम्मेदवार रहेका छन् ।

त्यसैगरी थापा समूहमा हरिशचन्द्र राना र मीनबहादुर सिंह उपसभापति पदका प्रत्यासी छन् भने सचिवमा भीमराज भट्ट र हेमराज ओझा रहेका छन् । त्यस्तै सो समूहबाट नाफुसिंह साउँद र हरिप्रसाद अधिकारी सहसचिव पदका उम्मेदवार रहेका छन् ।

त्यसैगरी कांग्रेसका अन्य नेताले पनि प्यानलरहित पदाधिकारीमा उम्मेदवार दिने तयारी गरिरहेका छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेसको १४ औँ महाधिवेशनका लागि भएको वडास्तरको निर्वाचनबाट एक हजार ६०८ जना मतदाता छानिएका छन् । सोही छनोट भएका मतदाताले जिल्ला नेतृत्वका लागि मतदान गर्ने कांग्रेस जिल्ला सचिव दिवाकर पाण्डेयले जानकारीदिनुभयो । “आज मनोनयन दर्ता र शनिबार बिहानबाट मतदान गर्ने र्कातालिम तय भएको छ । उहाँले भन्नुभयो, “निर्वाचनको सबै तयारी पूरा भइसकेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर