कपिल शर्मा शो मै पुगेर चर्चित कोरियोग्राफर फराह खानले कपिलको धज्जी उडाईन् , भन्छिन्– कपिल तिम्रो यस्तो डान्सले बर्षा नै रोकिन्छ — OSNepal

कपिल शर्मा शो मै पुगेर चर्चित कोरियोग्राफर फराह खानले कपिलको धज्जी उडाईन् , भन्छिन्– कपिल तिम्रो यस्तो डान्सले बर्षा नै रोकिन्छ

LC (KTM) January 12, 2022 0

चर्चित कोरियोग्राफर तथा निर्देशक फराह खान ५७ वर्षकी भइन् । उनको जन्म ९ जनवरी १९६५ मा मुम्बईमा भएको थियो । फिल्म र कोरियोग्राफीका कारण चर्चामा रहेकी फराह आफ्नो कामका कारणले जति हेडलाइनमा छाउने गरेकि छिन् त्यति नै आफ्नो व्यक्तिगत जीवनका लागि पनि चर्चामा छिन् ।

खैर, हामी तपाईलाई बताउन चाहन्छौं कि फराह आज जहाँ छिन् त्यहाँ पुग्न उनको लागि त्यति सजिलो थिएन। बुवाले लिएको ऋण तिर्न निकै संघर्ष गर्नुपरेको थियो उनलाई । घर चलाउनका लागि फराहले केही व्यक्तिको सहयोगमा डान्सरका रूपमा करियर सुरु गरेकी थिइन् र कलाकारको पछाडि नाच्न थालिन् । सन् २००४ मा फिल्म सम्पादक शिरीष कुन्दरसँग फराहले प्रेम विवाह गरेकी थिइन् ।

चाखलाग्दो कुरा के छ भने शिरीष फराहभन्दा उमेरमा ९ वर्ष कान्छा छन् । फराहका तीन सन्तान आन्या, दिवा र जार छन् । उनीहरु सन् २००८ मा सँगै जन्मेका थिए । यसैक्रममा फराह खानले कपिल शर्मा शो मा एक चकित पार्ने खुलासा गरेकी छिन् । उनले भनिन् कि एक अभिनेत्रीका कारण उनको करियर डुब्ने अवस्थामा पुगेको थियो ।

कपिलको डान्स देखेर फराहले उनलाई कमेन्ट गर्दै भनिन्, ‘यो डान्स देख्दा वर्षा रोकिनुपर्छ । फराहको यो कमेन्टमा कपिल कहाँ चुप लागेर बस्थे र । उनले फराह खानलाई अर्चना पूरन सिंहको नृत्य हेर्न केही समय निकाल्न सुझाव दिए । कपिलको यो कुरा सुनेर फराहले अर्चनालाई धेरै पटक कोरियोग्राफी गरिसकेकी र अझै पनि आफ्नो करियर बचाउन सफल भएको खुलासा गरिन् । उनले यो पनि भनिन् कि मेरो करियर डुब्ने अवस्थामा छ। फराह खानको यी कुरा सुनेर कपिल चर्को स्वरमा हाँस्न थाल्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर