मेस्सीले छाडेपछि खराब लयमा बार्सिलोना — OSNepal

मेस्सीले छाडेपछि खराब लयमा बार्सिलोना

LC (KTM) September 24, 2021 0

काठमाडौं, ८ असोज -स्पेनिस ला लिगामा बार्सिलोना पुनः बराबरीमा रोकिएको छ । बिहिवार रातिको खेलमा १० खेलाडीमा सीमित बार्सिलोना क्याडिजसङ गोल रहित बराबरीमा रोकिएको हो ।

स्टार खेलाडी लियोनल मेस्सीले क्लब छाडेयता क्लब खराब लयमा छ । भ्रमणकारी टोली अन्तिम समयमा १० खेलाडीमा सीमित भएको थियो । खेलमा केही अवसर पाए पनि बार्सिलोना फिनिसिङ्गमै चुक्न पुगेको थियो ।

यस सिजन बार्सिलोनाको तेस्रो बराबर हो । बराबरीपछि अपराजित रहेको बार्सिलोनाले शीर्ष चारमा उक्लने मौका गुमाएको छ । बार्सिलोना ५ खेलबाट ९ अंक जोडेर सातौँ स्थानमा छ । क्याडिज ६ अंकसहित १४औँ स्थानमा छ ।

राति भएको ला लिगाको अन्य खेलमा रियल सोसिडाडले ग्रानडामाथि ३-२ को रोमाञ्चक जित निकालेकाे छ । यस्तै रियल बेटिसले ओसासुनाविरुद्ध ३-१ को जित आत्मासाथ गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर