कमला नदीमा फसेका चार जनाको आठ घण्टापछि सकुशल उद्धार — OSNepal

कमला नदीमा फसेका चार जनाको आठ घण्टापछि सकुशल उद्धार

LC (KTM) June 30, 2021 0

लहान, १६ असार- कमला नदीको बीच भागमा घेरिएका तीन महिलासहित चार जनालाई आठ घण्टापछि आज बेलुका सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको छ । नदीको बीच भागमा रहेको जङ्गलमा आज बिहान दाउरा खोज्न गएका सिरहाको कर्जन्हा नगरपालिका—३ सुन्दरपरे निवासी ४५ वर्षीया कारीदेवी मुखिया, सोही ठाउँका ४० वर्षीया मर्नीदेवी दराई र ३५ वर्षीया विमला राई नदीमा अचानक आएको बाढी तर्न नसकेर बीच भागमा घेरिएका थिए ।

बाढीमा घेरिएको सूचनाको आधारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले डुङ्गाको सहारामा लामो प्रयासपछि तीनै महिलालाई सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उद्धार गरिएका महिलालाई आफन्तको जिम्मा लगाइएको प्रनाउ श्रेष्ठले बताउनुभयो । यस्तै सोही नदीको बीच भागमा पर्ने जङ्गलमा छाप्रो थापेर बस्दै आएका धनुषाको कजरा निवासी ४० वर्षीय साधु बाबालाई समेत उद्धार गरेको प्रहरीले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर