कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन — OSNepal

कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

LC (KTM) November 13, 2021 0

लमजुङ, २७ कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालय लमजुङमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पोखरेलले कर्मचारीलाई उच्च मनोबलका साथ नागरिकलाई सेवा प्रवाह गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारीले प्रदेश सरकारले नागरिकको पक्षमा संवेदनशील भएर काम गरेको बताइन् । उनले भनिन्, ‘जनतालाई प्रत्यक्ष फाइदा हुनेगरी प्रदेश सरकारले काम गरिरहेको छ ।’ विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले प्रदेश सरकार नागरिकको साथमा रहेको भन्दै जनताको शान्ति सुरक्षामा ध्यान दिन कर्मचारीलाई आग्रह गरे ।

लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जिल्लाको शान्ति सुरक्षाको साथै बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी गराएका थिए । कार्यक्रममा पूर्वाधार विकास कार्यालयका प्रमुख सुमन गिरी, स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडी, कृषि ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडा, डुम्रे–बेसीशहर–चामे सडक योजनाका प्रमुख अच्युतविलास पन्तले कार्यालयले गरेको काम बारे जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर