कलाकार तथा मोडल निशा घिमिरेलाई आर्थिक सहयोग जुट्ने क्रम जारी , ५१ हजार दिने चलचित्रकर्मी कल्याण कोषको निर्णय — OSNepal

कलाकार तथा मोडल निशा घिमिरेलाई आर्थिक सहयोग जुट्ने क्रम जारी , ५१ हजार दिने चलचित्रकर्मी कल्याण कोषको निर्णय

LC (KTM) June 11, 2021 0

कलाकार तथा मोडल निशा घिमिरेको अवस्था देखेपछि सबैको एकपटक होस् नै उड्यो । पहिलाको र अहिलेको फोटोलाई तुलना गरेर सामाजिक सञ्जाल पुरै रंगियो । यस कुराले निशाको उपचारमा ठुलो सहयोग समेत मिल्यो । उनको जिवनमा भगवान बनेर आईन् नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी ।

उनले सबै खर्च अस्पतालले बेहोर्ने बताईन् । त्यसपछि उनलाई सहयोग जुट्ने क्रम जारी रहेको छ । यसैबीच उनलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले नगद ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

कलाकार संघका अध्यक्ष रबीन्द्र खड्काले एउटा विज्ञप्ती जारी गर्दै कलाकार घिमिरेको परिवारको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै सहयोग रकम उपलब्ध गराउने विकास बोर्ड अन्तर्गतको कल्याण कोषकी संयोजक बसुन्धरा भुषाल, सदस्य सचिव महेन्द्र प्रसाद सान्खी, विकास बोर्डका अध्यक्ष दयाराम दाहालप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

करिव तीन वर्षअघि भारतको देहरादूनमा दुर्घटनामा परेपछि केही महिनाको उपचारपछि घरमै कारुणीक जीवन बिताइरहेकी कलाकार घिमिरेलाई बिहिबार नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनको एकैदिनमा स्वास्थ्यमा राम्रो सुधार समेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर