कसैको बैशाखी नसमाई चुनाव जितेर देखाउँछौं : अध्यक्ष ओली — OSNepal

कसैको बैशाखी नसमाई चुनाव जितेर देखाउँछौं : अध्यक्ष ओली

LC (KTM) November 20, 2021 0

काठमाडौं ४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा कसैको औंला नसमाती आफ्नो पार्टीले जित्ने दावी गरेका छन् ।

शनिबार काठमाडौंमा अयोजित नेपाल सम्वत् ११४२ को अवसरमा शुभकामना आदान प्रदान समारोहमा बोल्दै अध्यक्ष ओलीले कसैको बैशाखी नटेकी चुनावमा प्रतिष्पर्धा गर्ने र जित हाँसिल गर्ने दावी गरेका हुन् ।

प्रचण्ड र माधव नेपालले आफैले हिड्न नसकेर कांग्रेसको औला समाएर हिडेको भन्दै कार्यक्रममा ओलीले भने , ‘अहिले केही दल कांग्रेसको औंला समातेर मात्रै हिँडिरहेका छन्, उनीहरु कांग्रेसको औंला नसमाई हिँड्नै सक्दैनन्, तर हामीकसैको पनि बैशाखी नसमाई चुनाव जितेर देखाउँछौं ।’

सबै पार्टी एक जुट भएर आएपनि एमालेलाई केहि फरक नपर्ने भन्दै सबैसँग मुकाविला गरेर जित हाँसिल गर्ने जिकिर समेत गरेका छन् । साथै उनले नेपालले पार्टी छोडेपछि पार्टी सहि बाटोमा हिडिरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर