‘कहाँ जाने हो कहाँ’ भन्दै आए आकाश र पूजा — OSNepal

‘कहाँ जाने हो कहाँ’ भन्दै आए आकाश र पूजा

LC (KTM) November 28, 2021 0

काठमाडौँ । नायक तथा मोडल आकाश श्रेष्ठ र नायिका तथा मोडल पूजा शर्माको जोडीलाई दर्शकले पर्दामा खुबै रुचाउँछन् । म्युजिक भिडियोमा पनि यो जोेडी जमेको छ । यही जोडीले अभिनय गरेको नयाँ गीत ‘कहाँ जाने हो कहाँ’को भिडियो सार्वजनिक भएको छ । मेलिना राई र प्रविण भेडवालको स्वर रहेको गीतमा अर्जुन पोेखरेलको शब्द तथा संगीत छ ।

यो गीतलाई अर्जुनले फिल्मी शैलीमा तयार पारेका छन् । अर्जुनको गीतको भाव अनुसार निर्देशक माइकल चन्दले पनि भिडियो तयार पारेका छन् । भिडियोमा माइकलले आकाश र पुजाविचको अन्तरजायित प्रेम देखाउन खोेजेका छन् ।

साथै, भिडियोको पहिलोे दृश्यलाई ३६० डिग्रीमा खिचिएको माइकल बताउँछन् । भिडियोेमा शिलन लम्सालकोे सम्पादन, उत्सव दाहालकोे छायांकन, स्टेप अप एन्ड आर्टस् एकेडेमीको कोेरियोेग्राफी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर