कांग्रेसको प्रदेश नं १ को प्रदेश अधिवेशनको तयारी पूरा — OSNepal

कांग्रेसको प्रदेश नं १ को प्रदेश अधिवेशनको तयारी पूरा

LC (KTM) December 01, 2021 0

नेपाली कांग्रेसको प्रदेश नं १ को प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन आयोजक समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा आज विराटगरमा बसेको बैठकले अधिवेशन आयोजनाबारे छलफल गरेको हो । विराटनगर अस्पताल नजिकैको खुला मैदानमा भोली २ बजे अधिवेशसन उद्घाटन हुनेछ ।

बैठकले नेपाली कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन आयोजक समितिको सम्पर्क कार्यालय मोरङ कांग्रेसको कार्यालयमा खोल्ने, प्रदेश अधिवेशन प्रतिनिधिको नामावली दर्ता भोली पार्टी कार्यालयमा शुरु गर्ने, पर्सि बिहान ८ बजेदेखि १ बजेसम्म मोरङ पार्टी कार्यालयमा उमेदवारी दर्ता गर्ने र त्यही दिन अन्तिम नामावली प्रकाशन गर्ने निर्णय भएको प्रचार समितिका संयोजक राजिव कोइरालाले बताएका छन् ।

प्रदेश पदाधिकारी चयन गर्न विराटनगर अस्पताल छेउको मैदानमा शनिबार बिहान ८ बजेदेखि चुनावी प्रक्रिया शुरु हुनेछ । चुनावमा एक हजार ७ सय प्रदेश प्रतिनिधिहरुले मत खसाल्ने छन् । जसमा शुभेच्छुक संस्थाबाट १७ र भ्रातृ संगठनका प्रतिनिधि १३ ले समेत मत खसाल्न पाउने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर