कांग्रेसको महाधिवेशनको नारा : ‘उत्साह एकता र रुपान्तरण, सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ — OSNepal

कांग्रेसको महाधिवेशनको नारा : ‘उत्साह एकता र रुपान्तरण, सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका नारा ‘उत्साह एकता र रुपान्तरण, सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ रहेका छ ।
महाधिवेशनको लामेगो आज बिहिबार सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने भएका छन् ।

महाधिवेशनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र १३५ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । साथै एक कोषाध्यक्ष र ३३ जना केन्द्रीय सदस्य मात्रै मनोनित हुने व्यवस्था रहेको छ ।

यहि २४ गतेबाट सुरु हुने महाधिवेधन २७ गते सम्म चल्ने भएकोह छ । २७ गते मतदान हुने कार्यतालिका रहेको छ । मतदानका लागि भृकुटीमण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभामा गरी तिन स्थानमा व्यवस्था गरिएको छ ।

केन्द्रीय प्रतिनिधिहरूले २९ वटा मतपत्रमा संकेत चिह्न प्रयोग गरी भोट खसाल्नु पर्ने भएकाले एक जना मतदातालाई करिब ४५ मिनेटदेखि एक घण्टा समय लाग्नसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर