कांग्रेसको ललितपुरको जिल्ला अधिवशेनमा उदय शम्शेर राणामाथि हातपात — OSNepal

कांग्रेसको ललितपुरको जिल्ला अधिवशेनमा उदय शम्शेर राणामाथि हातपात

LC (KTM) November 28, 2021 0

काठमाडौं १२ मंसिर । नेपाली कांग्रेसको ललितपुरको जिल्ला अधिवशेनमा नारावाजी भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आज आइतबार भएको मतदान दोस्रो चरणको हो । सभापतिको उम्मेदवारमा रामकृष्ण चित्रकार , जितेन्द्र कुमार श्रेष्ठबिच प्रतिस्पर्धा हुँदैछ ।

जावालाखेलको स्टाफ कलेजमा जारी मतदान क्षेत्रमा उदय शम्शेर राणामाथि जिल्ला सभापति मदन अमात्य समूहले अभद्र व्यवहार गर्दै हातपास समेत गरेको छ । अहिले एवं पूर्व अर्थराज्यमन्त्री समेत रहेका राणा पक्षका कार्यकर्ताहरुले ‘गुण्डागर्दी बन्द गर’ भन्दै नारावाजी लगाइरहेका छन् ।

राणाको समर्थन श्रेष्ठलाई र अमात्यको समर्थनमा चित्रकारलाई सभापतिमा अगाडि सारिएको हो । तथापी , केन्द्रमा सभापति शेरबहादुर देउवाकै समुहमा रहेका राणा र अमात्य जिल्ला अधिवेशनमा भने छुट्टाछुट्टै प्यानल बनाएका हुन् ।

मतदानका क्रममा प्रचारसामग्रीसहित हलभित्र अमात्य पक्षका गएपछि नजान आग्रह भन्दै आग्रह गर्दा अमात्य पक्षका कार्यकर्ताले अभद्र व्यवहार गरेको राणा पक्षले आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर