कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि गर्ने निर्णय — OSNepal

कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि गर्ने निर्णय

LC (KTM) December 02, 2021 0

नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ ।केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लामा महाधिवेशन पछाडि गर्ने जानकारी दिए ।

बुधबारसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । सातमध्ये प्रदेश २ का आठ जिल्लामा भने अधिवेशन नै भएका छैनन् । प्रदेश २ मा क्षेत्रीय अधिवेशनसमेत हुन सकेको छैन । शुक्रबार प्रदेश र क्षेत्रीय अधिवेशन हुने कार्यतालिका छ ।

कैलाली, बाँके, अछाम, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुलीमा जिल्ला अधिवेशन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर