कांग्रेसले आगामी चुनाव जित्यो भने के गर्छ ? यसको जवाफ मतदातालाई दिन सक्नुपर्छ : गगन थापा — OSNepal

कांग्रेसले आगामी चुनाव जित्यो भने के गर्छ ? यसको जवाफ मतदातालाई दिन सक्नुपर्छ : गगन थापा

LC (KTM) November 15, 2021 0

काठमाडौं २९ कात्तिक । नेपाली कांग्रेसका नेता गगन थापाले स्वतन्त्र न्यायपालिका र अदालतको मर्यादाका लागि काँग्रेस लड्छ भन्ने विश्वास भएमात्रै एउटा
मतदाताले रुख चिन्हमा मत हाल्ने बताएका छन् ।

सोमबार आयोजित एक कार्यक्रममा सहभागी भएका नेता थापाले काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई कांग्रेसले निवार्चन जित्यो भने के गर्छ भनेर जवाफ दिन पार्टीले सक्नु पर्ने बताएका छन् ।

‘आगामी निवार्चनमा कांग्रेसले जित्यो भने के गर्छ ? त्यो गर्ने कुराले उसको जीवनमा फरक ल्याउँछ भन्ने कुराले छुन्छ रु त्यो प्रश्नको उत्तर लिएर जाने नेपाली काँग्रेसको नेतृत्व हामीलाई चाहिएको छ’, थापाले भने ।

अबको ५ बर्षमा काँग्रेसले के–के गर्छ त्यसको जवाफ काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई दिन सक्नुपर्ने नेता थापाको तर्क रहेको छ । यसको जवाफ दिन सक्ने पार्टीको नेतृत्व चाहिने थापाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर