कांग्रेस अछाममा चार प्रदेश सभापतिका लागि ११ जना चुनावी मैदानमा — OSNepal

कांग्रेस अछाममा चार प्रदेश सभापतिका लागि ११ जना चुनावी मैदानमा

LC (KTM) November 17, 2021 0

अछाम, १ म‌ंसिर-नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश, क्षेत्रीय र जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी चहलपहल तीव्र रूपमा अघि बढेको छ । देशव्यापी रूपमा नेता तथा कार्यकर्ताहरू पार्टी भित्र अन्तर संघर्षको दौडधुपमा लागेका छन् ।

अछाममा कांग्रेसका शीर्ष नेताहरूदेखि सामान्य कार्यकर्ताहरू आफ्नो पक्षमा भोट माग्न थालेका छन् । जिल्लाका दुबै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताहरू भोट माग्न व्यस्त देखिन थालेका हुन । ३ मंसिरमा प्रदेशसभाको चुनावका लागि प्रदेशका उम्मेद्‌वारहरू भोट माग्न व्यस्त छन् । दुईवटा निर्वाचन क्षेत्र गरी चारवटा प्रदेशसभा क्षेत्र रहेको अछाम जिल्लामा ११ जना उम्मेद्‌वार छन् ।

निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी दौडमा

अछामको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) का लागि दुईजना चुवावी दौडमा छन् । साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिका मिलेर बनेको प्रदेश सभा (क) का लागि महेश खड्का र गोकुल भाट चुवानी दौडमा होमिएका छन् ।

नेपाली कांग्रेस साँफेबगर नगर कार्यसमिति सभापति रहेका भाट र चौरपाटी गाउँपालिकाबाट क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमिति सदस्य रहेका खड्काका बीच प्रतिस्पर्धा हुने भएको हो ।

क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) का लागि पाँच जना चुनावी दौडमा छन् । रामारोशन गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिका मिलेर बनेको प्रदेश सभा (ख) का लागि युवा नेता डम्बर स्वाँर, चन्द्र प्रकाश देवकोटा, पदम शाह, पदम खड्का र कमल खनाल चुवानी दौडमा होमिएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ बाट चुनावी दौडमा

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क) को सभापति पदका लागि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ । विनायक पञ्चदेवल नगरपालिका, कमलबजार नगरपालिकाको केही भाग र तुर्माखाँद गाउँपालिका मिलेर बनेको प्रदेश सभा (क) को सभापति पदका लागि युवा नेता ताराप्रसाद खनाल र कर्णबहादुर बुढा चुवानी दौडमा होमिएका छन् ।

यस्तै प्रदेश सभा (ख) का लागि पनि दुई जना चुनावी दौडमा छन् । मंगलसेन नगरपालिका, कमलबजार नगरपालिकाको केही भाग र ढकारी गाउँपालिका मिलेर बनेको प्रदेश सभा (ख) मा युवा नेता रवीन्द्रबहादुर शाही र पूर्ण रावलबीच प्रतिस्पर्धा हुने भएको छ ।

९१ वडा रहेको अछाममा क्षेत्र नम्बर १ का ४२ वडाबाट र क्षेत्र नम्बर २ का ४९ वडाबाट चुनिएका एक हजार ५६७ क्षेत्रीय प्रनितिधि मतदाताका रूपमा रहेका कांग्रेस जिल्ला सचिव नमबहादुर शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर