कांग्रेस अधिवेशनका लागि तेह्रथुममा धमाधम उम्मेदवारी, ७३३ क्षेत्रीय प्रतिनिधि — OSNepal

कांग्रेस अधिवेशनका लागि तेह्रथुममा धमाधम उम्मेदवारी, ७३३ क्षेत्रीय प्रतिनिधि

LC (KTM) November 18, 2021 0

तेह्रथुम, २ मंसिर -नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै जाँदा तेह्रथुममा जिल्ला र प्रदेशसभा अधिवेशनका लागि धमाधम उमेरदवारी घोषणा हुन थालेकाे छ । ६ मंसिरमा हुन जिल्ला अधिवेशनका लागि सभापतिमा अर्जुन तुम्बाहाम्फे र कमल ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् ।३ मंसिरमा हुने निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा नारायण सुब्बा र कमल बानियाँले उम्देवारी दिएका छन् । प्रदेशसभा (ख) मा भुवानसिंह चोङबाङ र चन्द्र मादेम्बा चुनाव लड्दैछन् ।

प्रदेशसभा (क) अन्तर्गत म्याङलुङ नगरपालिकाबाट १ सय ७६, लालिगुराँस नगरपालिकाबाट १ सय ५१ र छथर गाउँपालिकाबाट ९७ गरी ४ सय २४ जना क्षेत्रीय प्रतिनिधि छन् । प्रदेशसभा (ख) आठराई गाउँपालिकाबाट १ सय १८, फेदाप गाउँपालिकाबाट ८५ र मेन्छ्यायेम गाउँपालिकाबाट १ सय ६ गरी ३ सय ९ जना क्षेत्रीय प्रतिनिधि छन् ।प्रदेशसभा र जिल्ला अधिवेशनमा ७ सय ३३ क्षेत्रीय प्रतिनिधिको सहभागिता रहनेछ । प्रतिनिधिले निर्वाचन प्रदेश (क) र (ख) मा नेतृत्वमा चयन गर्दै जिल्ला कार्यसमिति चयन गर्ने निर्वाचन अधिकृत लक्ष्मण रन्जितले बताए ।

प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गत तेह्रथुमको (क) र (ख) बाट सभापति १,उपसभापति २,सचिव २,खुल्ला महिला ३,खुला पुरुष ७ सदस्य छन् । समानुपातिकतर्फबाट खस महिला १, जनजाति महिला १, खस आर्य खुला १,आदिवासी खुला २,दलित १,मधेसी,अल्पसंख्यक तथा मुस्लिमबाट १ आपाङग १ गरी २५ सदस्य कार्यसमिति नयाँ हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर