कांग्रेस अधिवेशन : तेह्रथुममा सुब्बा र चोङबाङ निर्वाचित — OSNepal

कांग्रेस अधिवेशन : तेह्रथुममा सुब्बा र चोङबाङ निर्वाचित

LC (KTM) November 21, 2021 0

तेह्रथुम ५ मंसिर – नेपाली कांग्रेस तेह्रथुमको निर्वाचन क्षेत्र प्रदेशसभा अधिवेशनको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले प्रदेश (क) मा नारायण सुब्बालाई निर्वाचित गरेको छ । सुब्बाले २१३ मत पाउँदा प्रतिद्वन्द्वी कमल बानियाँले १९२ प्राप्त गरे । २१ मत अन्तरले निर्वाचित भएका सुब्बाको प्याानल नै निर्वाचित भएको छ ।

उपसभापतिमा डिल्लाराम रेग्मीले २७६ र प्रलाल्द खड्काले २७४ मतले निर्वाचित भएका छन् । त्यस्तै सचिवमा राजकुमार नेपाल २४७ र सन्जिब पौडेल २३१, सहसचिवमा धनश्याम पौडेलले २९० र तुलसी भट्टराई २२४ मतले निर्वाचित भएका छन् । कुल ४२४ मतमध्ये ४०८ मत खसेको थियो । जसमध्ये ४०५ सदर र ३ मत बदर भएको निर्वाचन सहायक अधिकृत प्रकाश ढुङ्गानाले जानकारी दिए ।

त्यस्तै प्रदेशसभा (ख) अन्तर्गत भएको निर्वाचनमा भुवान सिंह चोङबाङ निर्वाचित भएका छन् । १७० मत ल्याएर निर्वाचित चोङबाङको प्यानलै विजयी भयो । उनका प्रतिद्वन्द्वी चन्द्र मादेम्बाले १११ मत ल्याएका थिए ।

त्यस्तै उपसभापतिमा पुण्यप्रसाद भटुवाल १६१ र रामबहादुर लिम्बु १६८ मतका साथ निर्वाचित भए । सचिवमा कृष्णप्रसाद बास्कोटा १८३ र तेजप्रकाश लिम्बु १७३ मतसहित विजयी भए । त्यस्तै सहसचिवमा जगबहादुर कटुवाल १९६ र विनयकुमार सुब्बाले १९३ मत ल्याएर निर्वाचित बने ।

कुल ३०९ मतमा २८६ मत खसेको थियो । खसेको मतमा २८१ सदर र ५ मत बदर भएको जिल्ला निर्वाचन अधिकृत लक्ष्मण रन्जितले जानकारी दिए ।

अधिवेशनमा प्रदेश सभा (क) अन्तर्गत म्याङलुङ नगरपालिकाबाट १७६, लालिगुराँस नगरपालिकाबाट १५१ र छथर गाउँपालिकाबाट ९७ जना गरी चार सय २४ जना क्षेत्रीय प्रतिनिधि रहेका छन् ।

त्यस्तै प्रदेशसभा (ख) आठराई गाउँपालिकाबाट ११८, फेदाप गाउँपालिकाबाट ८५ र मेन्छ्यायेम गाउँपालिकाबाट १०६ गरी ३०९ जना क्षेत्रीय प्रतिनिधि रहेका छन् । प्रदेशसभा अधिवेशनमा कुल ७३३ जना क्षेत्रीय प्रतिनिधिहरु छनोट भएका थिए । प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गत तेह्रथुमको (क) र (ख) बाट सभापति १, उपसभापति २, सचिव २, खुल्ला महिला ३, खुल्ला पुरुष ७ सदस्य रहने छन् ।

त्यस्तै समानुपातिक तर्फबाट खस महिला १, जनजाति महिला १, खस आर्य खुल्ला १, आदिवासी खुल्ला २, दलित १, मधेसी,अल्पसंख्यक तथा मुस्लिमबाट १, आपाङ्ग १ गरी २५ सदस्य कार्यसमिति निर्वाचित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर