कांग्रेस अधिवेशन : लमजुङको निर्वाचनमा १३४० मत खस्यो, मतगणना आज — OSNepal

कांग्रेस अधिवेशन : लमजुङको निर्वाचनमा १३४० मत खस्यो, मतगणना आज

LC (KTM) November 23, 2021 0

लमजुङ,७ मंसिर- नेपाली कांग्रेसको १४औँ महाधिवेशन लमजुङको निर्वाचनमा १ हजार ३ सय ४० मत खसेको छ । कूल १ हजार ३ सय ७४ प्रतिनिधि मतदाता रहेकोमा ३४ जना अनुपस्थित भए । सोमबार बिहान ११ बजेदेखि मतदान हुने भनिए पनि दिउँसो २ः४५ बजेबाटमात्रै मतदान सुरु भएको थियो । मतदानकार्य सोमबार राति साढे १० बजे सकिएको छ ।

कांग्रेस निर्वाचन कार्यालयका निर्वाचन अधिकृत थानेश्वर दवाडीका अनुसार मतदानकार्य सकिएपछि मंगलबार बिहानबाट मतगणना सुरु हुने भएको छ ।

कांग्रेसमा आगामी कार्यकालको लागि सभापतिसहित २८ जना समितिको लागि ७६ जना र २८ जना महाधिवेशन प्रतिनिधिको लागि ६२ जनाबीच प्रतिष्पर्धा हुँदैछ । सभापतिसहित ७ पदको लागि १४ जनाले उम्मेदवारी दिएका छन् ।

महाधिवेशन प्रतिनिधितर्फ २८ जनाको लागि ६२ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला कार्यँ समिति सदस्य निर्विरोधबाहेक २१ जनाको लागि ४३ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन प्रतिनिधितर्फ प्रत्यक्ष महिला ४ जनाको लागि ९ जनाले उम्मेदवारी दिएका छन् । १० जना खुलाको लागि २५ जनाले उम्मेदवारी दिएका छन् ।

खसआर्य महिला १ जनाको लागि २ जना, खसआर्य खुला २ जनाको लागि ४ जना, आदिवासी जनजाति महिला २ जनाको लागि ४ जना आदिवासी जनजाति खुला ३ जनाको लागि ६ जना, दलित महिला १ जनाको लागि २ जना, दलित खुला १ जनाको लागि २ जना, खसआर्य महिला १ जनाको लागि २ जना, खसआर्य खुला २ जनाको लागि ४ जना, अल्पसंख्यक वा अपांगता १ जनाको लागि २ जनाको उम्मेदवारी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर