कांग्रेस : इलाम २ ‘क’ को सभापतिमा चौहान — OSNepal

कांग्रेस : इलाम २ ‘क’ को सभापतिमा चौहान

LC (KTM) November 20, 2021 0

इलाम, ४ मंसिर – नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ‘क’ (प्रदेशसभा) सभापतिमा गोपाल चौहान निर्वाचित भएका छन् । चाैहानले निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलालाई पराजित गरेका हुन् । चौहानले दुई सय २९ मत ल्याउँदा बास्ताेलाले एक सय ६० मतमै चित्त बुझाए ।

उपसभापतिमा विष्णु सुब्बा दुई सय ४४ मतसहित र मनकुमार गुरुङ दुई सय ३५ मत पाएर निर्वाचित भएका छन् । उपसभापतिका प्रतिस्पर्धी कमलमणि खनालले एक सय ३१, सुतिता श्रेष्ठ कर्माचार्यले एक सय २४, शिवराज घिमिरेले एक सय ११ र शोभावती खत्री कार्कीले एक सय ३ मतमै चित्त बुझाएका छन् ।

सचिवमा श्रीबहादुर विष्ट र दिपेश खत्री विजयी भएका छन् । विष्टले दुई सय ६७ र खत्रीले दुई सय २४ मत प्राप्त गरे । सचिवकै उम्मेदवार गजेन सुब्बा, विनोद न्यौपानेले र मोहन पराजुली पराजित भएका छन् ।

सहसचिवमा राजेन्द्र पौडेल (रिकी) र सूर्यबहादुर कार्की निर्वाचित भएका छन् । निर्वाचित पौडेलले दुई सय ७० र कार्कीले दुई सय ५६ मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर