कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापतिमा शर्मा विजयी — OSNepal

कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापतिमा शर्मा विजयी

LC (KTM) November 24, 2021 0

काठमाडौँ, ८ मङ्सिर -नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापति पदमा कविर शर्मा विजयी हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनको मतगणनाअनुसार शर्माले २८५ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी अर्जुन पराजुलीले २२० मत प्राप्त गर्नुभयो ।

यस्तै, क्षेत्रीय सचिवमा दीपक दुलाल (२६४), भीमसेन थापा (२६२), सरिता भण्डारी (२५३) र सुजनकुमार खड्का (२६०) मत ल्याई विजय हुनुभएको निर्वाचन अधिकृत वासु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशन प्रतिनिधि खुलातर्फ उपेन्द्र कार्की, ओमबहादुर कार्की, जयराज पुडासैनी, दीपकप्रसाद कुँइकेल, राजाराम तिवारी, रामशरण ढुङ्गाना, लवराज दाहाल, लोकेश ढकाल र शङ्कर थापा विजयी हुनुभएको छ ।

यस्तै, महाधिवेशन प्रतिनिधि खस आर्य खुलामा कृष्णबहादुर केसी, प्रवीनमान सिंह, दलिततर्फ हरिशरण नेपाली, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गतातर्फ नहकुल थापा, मधेसीतर्फ मुकेश मिश्र, खस आर्य महिलातर्फ मञ्जु खड्का र द्रोणा खड्का, खुला महिलातर्फ जानकी केसी, प्रतिमा गौतम, भद्रा भण्डारी, शर्मिला थापा कार्की निर्वाचित हुनुभएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर