कांग्रेस तनहुँ अधिवेशन : ४८ पदका लागि उम्मेदवारी दर्ता — OSNepal

कांग्रेस तनहुँ अधिवेशन : ४८ पदका लागि उम्मेदवारी दर्ता

LC (KTM) November 26, 2021 0

दमौली, १० मङ्सिर -नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत तनहुँ जिल्ला अधिवेशन अगामी शनिबार हुँदैछ । अधिवेशनले जिल्लाका पदाधिकारी सहित ४८ पदमा नेतृत्व चयन गर्दैछ ।अधिवेशनका लागि बिहीबार उम्मेदवारी दर्ता भएको छ । कांग्रेस जिल्ला सभापति वैकुण्ठ न्यौपाने र कार्यवाहक सभापति जीतप्रकाश आलेले उम्मेदवारी दर्ता गर्नुभएको छ । जिल्ला अधिवेशनले सात पदाधिकारीसहित ४१ सदस्य निर्वाचित गर्नेछ । प्रत्येक गाउँपालिकाबाट एक महिलासहित एक अन्य गरी कूल १२, प्रत्येक नगरपालिकाबाट एक महिलासहित दुई अन्य गरी कूल १२ जना सदस्य निर्वाचित हुनेछन् ।

समानुपातिक सदस्यतर्फ प्रत्येक सदस्यको दुई तिहाइले हुने १६, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गबाट एक, खसआर्यतर्फ दुई महिलासहित चार, आदिवासी जनजातितर्फ चार महिलासहित नौ, दलिततर्फ एक महिलासहित तीन सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ ।दुई उपसभापति पदका लागि उदयराज गौली, किसान गुरुङ, देवकुमार श्रेष्ठ र राजेन्द्रकृष्ण श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ । दुई सचिवका लागि केशबहादुर सुनार, मोहन गिरी, लक्ष्मीभक्त खनाल र सहदेव अधिकारीको उम्मेदवारी दर्ता भएको छ । दुई सहसचिवका लागि धीरेश खनाल, परमेश्वर भट्टराई, मिलन आले र हुतमणि अधिकारीको उम्मेदवारी दर्ता भएको छ । सदस्यका लागि ऋषिङ गाउँपालिकाबाट दुर्गाबहादुर राना, रामनाथ काफ्लेको उम्मेदवारी दर्ता भएको छ । ऋषिङ गाउँपालिकाबाट यमुना श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छन् । घिरिङ गाउँपालिकाबाट पशुपति पोख्रेल सर्वसम्मत निर्वाचित हुनुभएको छ भने महिलातर्फ बोमाया राना र लक्ष्मी माया बस्ताकोटीको उम्मेदवारी दर्ता भएको छ ।

देवघाट गाउँपालिकाबाट महिलातर्फ भीमकुमारी धाई थापा सर्वसम्मत हुनुभएको छ भने अन्यतर्फ खम्बासिंह राना र बाबुराम पौडेलको उम्मेदवारी दर्ता भएको छ । आँबुखैरेनी गाउँपालिकाबाट महिलातर्फ विमला कुँवर सर्वसम्मत हुनुभएको छ भने अन्यतर्फ केशवनाथ खनाल र भीष्मकान्त गौलीको उम्मेदवारी परेको छ । म्याग्दे गाउँपालिका अन्यतर्फ मनिराज मगर र सूर्यमोहन काफ्लेको उम्मेदवारी दर्ता भएको छ भने महिलातर्फ बद्रीका भट्टराई सर्वसम्मत हुनुभएको छ । बन्दीपुर गाउँपालिकामा अन्यतर्फ शिव खत्री र सुबोध अधिकारीको उम्मेदवारी परेको छ भने महिलातर्फ इनकन खनाल र केशमाया गुरुङको उम्मेदवारी परेको छ ।

व्यास नगरपालिकाबाट महिलातर्फ इन्दिरा दरै र कल्पना पोख्रेल तथा अन्यतर्फ तीर्थराज भट्टराई, रामप्रसाद मिश्र, रामशरण अधिकारी र सूर्यभक्त भण्डारीको उम्मेदवारी परेको छ । शुक्लागण्डकी नगरपालिकाबाट अन्यतर्फ अम्बिका घिमिरे, श्रीराम सुवेदी, तारा अधिकारी, शिवकुमार श्रेष्ठ, महिलातर्फ मधुमाया पन्थी र रोजिना खातुनको उम्मेदवारी परेको छ । भिमाद नगरपालिकाबाट अन्यतर्फ दया पौडेल, प्रेमकुमार श्रेष्ठ, रमेश भण्डारी, रामनाथ सुवेदीको उम्मेदवारी परेको छ भने महिलातर्फ नीरञ्जना खनाल सर्वसम्मत हुनुभएको छ । भानु नगरपालिकाबाट अन्यतर्फ चन्द्रप्रकाश पौडेल, चिरञ्जीवी ढकाल, राजकुमार श्रेष्ठ र राम रेग्मीको उम्मेदवारी परेको छ भने महिलातर्फ वृन्दा रानाभाट र सिर्जना श्रेष्ठको उम्मेदवारी परेको छ ।

सदस्य महिला खसआर्यतर्फ पवित्रा घिमिरे, सुशीलादेवी शर्मा, सरस्वती अधिकारी, सिर्जना तिवारी, सदस्य खुल्ला खस आर्य समानुपातिकतर्फ नहकुल अधिकारी, टीकाराम हड्खले, रामबहादुर अधिकारी, विष्णुभक्त न्यौपानेको उम्मेदवारी परेको छ । महिला आदिवासी जनजातितर्फ कमलादेवी घर्ती, केशरी थापा मगर, केशरी दुरा, भीमकुमारी आले, माया राना, रिया गुरुङ, विन्दु गुरुङ, विष्णुमाया प्रधानको उम्मेदवारी दर्ता भएको छ । अन्य आदिवासीतर्फ इन्द्रबहादुर थापा, गलबहादुर गुरुङ, तिलबहादुर थापा, नवीन थापामगर, प्रेमबहादुर थापा, प्रतापसिं गुरुङ, भरतकुमार श्रेष्ठ, रुद्र थापा मगर, सुकनारायण मल्ल र सुमन थापाको उम्मेदवारी परेको छ ।

अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गतर्फ दलबहादुर दुरा र महमद जवारदिन मियाँ (मुन्ना) को उम्मेदवारी परेको छ । केन्द्रीय महाधिवेशनतर्फ अपाङ्ग कोटामा खुमबहादुर थापा, दिपक भट्टराई र प्रकाश पन्थको उम्मेदवारी परेको छ भने प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रतिनिधि अपाङ्ग कोटामा कृष्णबहादुर थापा र ताराकुमारी पोख्रेलको उम्मेदवारी परेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर