कांग्रेस प्रदेश नम्बर १ को महाधिवेशनको महंगो तयारी , १ करोड खर्च हुने अनुमान — OSNepal

कांग्रेस प्रदेश नम्बर १ को महाधिवेशनको महंगो तयारी , १ करोड खर्च हुने अनुमान

LC (KTM) November 24, 2021 0

नेपाली कांग्रेस प्रदेश नम्बर १ को महाधिवेशनको महंगो तयारी थालिएको छ । पार्टी प्रादेशिक संरचनामा गएपछि हुन लागेको प्रदेशको अधिवेशन भव्य रुपमा आयोजना गर्ने निर्णय संगै महंगो महाधिबेशन गर्न लागेको हो । यस विषयमा अधिवेशन आयोजक समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा आज विराटनगरमा बैठक नै सम्पन्न भएको छ ।

प्रचार समितिका संयोजक तथा कांग्रेस १ नं प्रदेश संसदीय दलका नेता राजिव कोइरालाले पत्रकार सम्मेलन आयोजना गरी अधिवेशन तयारीको विषयमा जानकारी गराएका थिए । प्रदेश नम्बर १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका वडा नम्बर २ शंकरपुर (विराट नर्सिङ होम) को पूर्वतर्फ रहेको खाली जमिनमा उद्घान हुने र यसान १७ सय प्रतिनिधिसहित दुई हजार जना सहभागी हुनेछन् ।

अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेस मोरडका सभापति डिगबहादुर लिम्बू संयोजक र भीम पराजुली सह–संयोजकका साथै केन्द्रीय सदस्यहरु अमृत अर्याल, पवन सारडा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी सल्लाहकार रहेको अर्थ संकलन समिति गठन भएको छ ।

व्यवस्थापनको जिम्मा पाएका मोरङ कांग्रेसका सभापति लिम्बूले अधिवेशन सम्पन्न गर्न कम्तिमा रु. १ करोड खर्च हुने अनुमान गरिएको बताउँदै भने,“प्रतिनिधिहरुको आवास, खानपानदेखि अन्य खर्चसमेत गर्दा त्यति खर्च हुने देखिन्छ । प्रतिनिधिहरुको दर्ता शुल्कबाट ३२ लाखसम्म उठ्न सक्छ ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर