कांग्रेस प्रदेश सभा क्षेत्रीय सभापतिको उम्मेदवारी पाँच हजार — OSNepal

कांग्रेस प्रदेश सभा क्षेत्रीय सभापतिको उम्मेदवारी पाँच हजार

LC (KTM) November 16, 2021 0

काठमाडौं, २९ कात्तिक – नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो ।

कांग्रेसले प्रदेश सभा क्षेत्रीय कार्यसमितिअन्तर्गत सभापतिका लागि पाँच हजार शुल्क तोकेको छ।

यस्तै उपसभापति र सचिवका लागि तीन हजार शुल्क निर्धारण गरिएको छ । प्रदेश सहसचिव लड्न चाहनेहरूले भने पच्चीस सय तीर्नुपर्ने छ । प्रदेश सभा सदस्यका लागि दुई हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर