कांग्रेस भित्र पौडेल र सिटौलालाई भागबण्डामा परे यी मन्त्रालय , स्वास्थ्य राज्यमन्त्री जिम्मेवारीबाट उमेश श्रेष्ठलाई मुक्त गर्ने तयारी — OSNepal

कांग्रेस भित्र पौडेल र सिटौलालाई भागबण्डामा परे यी मन्त्रालय , स्वास्थ्य राज्यमन्त्री जिम्मेवारीबाट उमेश श्रेष्ठलाई मुक्त गर्ने तयारी

LC (KTM) October 07, 2021 0

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले लामो समय पछि भोली मन्त्री परिषद बिस्तार गर्ने भएको छ । आज नेकपा एकीकृत समाजबादीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । त्यस्तै कांगे्रेसले पनि सरकारमा जाने ४ जनाको टुंगो लगाए संगै मन्त्रीपरिषद बिस्तार हुने भएको हो । कांग्रेसका तर्फ बाट बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानुन र परराष्ट्रमन्त्री नारायण खड्का मन्त्री भइसकेका छन्।

देउवाले स्वास्थ्य राज्यमन्त्री जिम्मेवारीबाट उमेश श्रेष्ठलाई मुक्त गर्न लागेका छन् भने कानुनमन्त्री कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् । भागबन्डामा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलाई दिनुपर्ने भए पछि श्रेष्ठलाई हटाउन लागिएको हो। कांग्रसले पार्टी भित्रको भागबण्डा मात्र टुंग्याएको हो ।

मन्त्री बन्ने नेताहरुको नाम भने टुंग्याएको छैन । पौडेल, सिटौला पक्षलाई भागबण्डा मिलाइएको हो । जसमा पौडेल पक्षलाई कानुन, न्याय तथा संसदीय मामिला र रक्षा मन्त्रालय र सिटौला पक्षलाई दिने मन्त्रालयको टुंगो लागिसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर