कांग्रेस महाधिवेशन : कञ्चनपुर–३ को सभापतिमा चन्द विजयी — OSNepal

कांग्रेस महाधिवेशन : कञ्चनपुर–३ को सभापतिमा चन्द विजयी

LC (KTM) November 23, 2021 0

महेन्द्रनगर, ७ मङ्सिर-नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को सभापतिमा केशबहादुर चन्द निर्वाचित हुनुभएको छ । आज बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार चन्द ३३० मत प्राप्त गर्दै सभापतिमा विजयी हुनुभएको हो । उहाँका निकटमप्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट तथा सहसचिवमा अर्जुन भट्ट र खड्कबहादुर बस्नेत निर्वाचित हुनुभएको छ । सचिव निर्वाचित जोशीले ३०७ र भट्टले ३०१ तथा सहसचिवमा भट्टले ३४६ र बस्नेतले ३१९ मत प्राप्त गरेका छन् । सोमबार भएको मतदानमा निर्वाचन क्षेत्र नं ३ मा कूल ५६२ मत खसेको समितिले जनाएको छ । क्षेत्र नं ३ मा कांग्रेस नेता रमेश लेखकको प्यालन विजयी भएको हो ।

यस्तै निर्वाचन क्षेत्र नं २ र १ मा अहिले मतगणना जारी छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस नेता गोपीप्रसाद उपाध्याय र हरिचन्द ठकुरीबीच तथा निर्वाचन क्षेत्र नं २ मा लालबहादुर सिंह र नवराज जोशीबीच क्षेत्रीय सभापतिका लागि भीडन्त हँुदैछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर