कांग्रेस महाधिवेशन : काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै — OSNepal

कांग्रेस महाधिवेशन : काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

LC (KTM) November 22, 2021 0

काठमाडौँ, ६ मङ्सिर-नेपाली कांग्रेस काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुने भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज काठमाडौँका १० निर्वाचन क्षेत्रमा अविधेशन हुन लागेको हो ।काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिनुभयो ।

यसअघि काठमाडौँमा शुक्रबार र शनिबार १० निर्वाचन क्षेत्रको २० प्रदेशसभामा निर्वाचन सम्पन्न भएको थियो । कांग्रेसले यसअघि काठमाडौँका १३८ वडा र ११ स्थानीय तहमा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसले आगामी मङ्सिर १० गते जिल्ला अधिवेशन, मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन र मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर