कांग्रेस महाधिवेशन : जुम्लाबाट २५ महाधिवेशन प्रतिनिधि चुनिए — OSNepal

कांग्रेस महाधिवेशन : जुम्लाबाट २५ महाधिवेशन प्रतिनिधि चुनिए

LC (KTM) November 26, 2021 0

खलङ्गा, १० मङ्सिर -नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशनबाट २५ महाधिवेशन प्रतिनिधि चुनिएका छन् । महाधिवेशन प्रतिनिधिका लागि यही मङ्सिर ६ गते निर्वाचन भएको थियो ।
सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार खुलातर्फ १० महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा देवेन्द्रबहादुर शाही (५०९), राजुसिंह कठायत (४९२), भक्तबहादुर रोकाया (४८१), दिनबन्धु श्रेष्ठ (४७९), धनबहादुर बस्नेत (४५१), कर्णजङ्ग हमाल (४४१), गोविन्दबहादुर शाही (४३९), गौरीनन्द आचार्य (४३८), दिलबहादुर महत (४३८) र लङ्कबहादुर शाही (४३४) रहनुभएको छ । महिलातर्फ कान्तिका सेजुवाल (५१२), भगवती श्रेष्ठ (४८१), पुन्नकली महतारा (४४७) र गीता शाही (४४६) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यस्तै खस आर्य पुरुषतर्फ ललितजङ्ग शाही (५१५), जयहरि आचार्य (५००), पदमबहादुर शाही (४७०) र लक्ष्मीप्रसाद उपाध्याय (४१२), खस आर्य महिलातर्फ रामदेवी खड्का (४७३), उर्मिला खत्री भण्डारी (४५०), उमा बुढा रावत (४२३) र दिलकुमारी हमाल (४२२) विजयी हुनुभएको छ । यसैगरी दलित पुरुषतर्फ कृष्ण कामी (४६९), दलित महिलातर्फ लक्ष्मी कामी (४६३) र अपाङ्गतर्फ विष्णुबहादुर शाही (४५७) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत बस्नेतले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर