कांग्रेस ललितपुर १ सभापतिमा थिङ विजयी — OSNepal

कांग्रेस ललितपुर १ सभापतिमा थिङ विजयी

LC (KTM) November 23, 2021 0

चापागाँउ, ७ मंसिर- नेपाली कांग्रेस ललितपुर १ क्षेत्रीय सभापतिमा सुन्दरमान थिङ विजयी भएका छन् । विजयी थिङले ३ सय ५२ मत ल्याएका छन् । भने उनका प्रतिस्पर्धी रामकृष्ण लामा (इन्द्र)ले २ सय ४६ मत मात्र पाए ।

ललितपुरको बज्रवाराहीमा आज मंगलबार बिहाज सार्वजनिक मतपरीणम अनुसार महाधिवेशन प्रतिनिधिमा थिङको प्यानलले लगभग क्लिनस्विप गरेको छ ।

विपक्षी प्यानलबाट मधुराप्रसाद घिमिरे, खोमप्रसाद घिमिरे र खुला तर्फ रञ्जना तिमल्सिना विजयी भएका छन् अने अरु सबै प्रतिनिधि सुन्दरमानको प्यानल विजयी भएको मतदान अधिकृत उद्योग प्रसाद तिमल्सिनाले जानकारी दिए ।

विजयी हुनेमा सचिवमा मधुराप्रसाद शर्मा, शेखर न्यौपाने, सहसचिवमा विजय कुमार लो र मनोहर सिलवाललगायत छन् । क्षेत्रीय महाधिवेशन सभापतिमा फरक प्यानलमा रामकृष्ण लामा (इन्द्र)को प्यानलले उम्मेदवारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर