काठमाडौँबाट १६ जना समातिए, काम थाहा पाउँदा प्रहरी नै चकित — OSNepal

काठमाडौँबाट १६ जना समातिए, काम थाहा पाउँदा प्रहरी नै चकित

LC (KTM) January 04, 2022 0

चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा सर्वसाधारणलाई हैरानी दिई अशान्ति मच्चाएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ का सुवीन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रबिन कार्की, अजय महर्जन र हरिकृष्ण पहरी छन् । यस्तै, पक्राउ पर्ने अन्यमा धनकुटाका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुङ्गाका वीरेन्द्र कटुवाल र विवेक न्यौपाने, तनहुँका शुशान्तराज भण्डारी, मकवानपुरका विशाल लामा, रोल्पाका जीवन मगर, झापाका विशाल मेचे, ललितपुरका रुद्रबहादुर महत र  सिन्धुपाल्चोकका छिरिङ तामाङ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सवैजनामाथि यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई लाग्ने दस्तुरभन्दा बढी लिने गरेको तथा छिटो काम गरिदिने बहानामा आश्वासन दिई जबर्जस्ती गरेर सेवाग्राहीलाई दुःख दिने गरेको आरोप छ । उनीहरुलाई सार्वजनिक स्थानमा अशान्ति मच्चाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो । अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी प्रहरी वृत्त थानकोटले उनीहरुमाथि अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर