काठमाडौँमा बसेर मेलम्चीको पानी झार्ने मिति तोक्नु उचित होइन — OSNepal

काठमाडौँमा बसेर मेलम्चीको पानी झार्ने मिति तोक्नु उचित होइन

LC (KTM) November 16, 2021 0

सिन्धुपाल्चोक, ३० कात्तिक -ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिको एघारौँ वार्षिक साधारणसभा आज मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले समिति र मेलम्ची खानेपानी आयोजनाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

अर्यालले काठमाडौँमा बसेर मेलम्चीको पानी नजाने भन्दै आयोजनास्थलमा आएर अध्ययन गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । “पटक–पटक वार्ताका लागि आग्रह गरे पनि अहिलेसम्म कोही पनि सम्पर्कमा आउनु भएको छैन”, अर्यालले भन्नुभयो, “काठमाडौँमा बसेर पानी झार्ने मिति तोक्नु उचित होइन ।” आयोजनास्थलमा भएका ढुङ्गा, गिट्टी र गेग्रानको व्यवस्थापन नगरी अहिलेकै स्थितिमा पानी पठाउन नसकिने अर्यालको भनाइ थियो ।

कार्यक्रममा समितिका अध्यक्ष उपेन्द्र तामाङले मेलम्ची प्रभावित र बाढीको क्षतिका बारेमा चाँडै खानेपानी आयोजना र मन्त्रालयको ध्यानाकर्षण गराइने बताउनुभयो । आयोजना समितिका सदस्य चन्द्रबहादुर थापा, मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनिर माधव नेपाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर