काठमाडौँ उपत्यकामा अनुगमनमा सुस्तताः जसले गर्दा ठगी र मँहगीको मारमा जनता — OSNepal

काठमाडौँ उपत्यकामा अनुगमनमा सुस्तताः जसले गर्दा ठगी र मँहगीको मारमा जनता

LC (KTM) October 19, 2021 0

अनुसा थापा

उपत्यका भनौं या काठ्माडौंमा मात्र बाहिरी जिल्लाको सर्वसाधारण पचास लाख बढी बसोबास गर्छन् । देशभरका मानिसहरु उपत्यकामा बस्छन् । तर दशैं मान्नले अधिकांश आफ्नो घर गए । पोहोरको चापलाई आधार मान्ने हो भने दशैं मान्न घर जानेको संख्या दोब्बर छ । पोहोर सरकारले कोरोना एकदमै चेकजाँच गरेको थियो तैभएर पनि धेरै घर गएनन् । यो वर्ष त सरकारले कोरोना चेक गर्न छाड्यो त्यसैले कोभिडका बिरामीको संख्या घटेको हो । फरक यत्ति नै हो । गत साल यातायात व्यवसायीहरुले दशैंमा घर जाने यात्रु नै छैनन् भनेर गुनासो गर्थे ।

तर अहिलेको दशैंमा भाँडा पनि गत वर्षभन्दा दोब्बर घर जाने जनता तेब्बर । गाडी नपाएर सर्वसाधारणलाई कत्रो हैरानी । यातायात व्यवसायीले सिटको संख्याभन्दा बढी यात्रु हालेर, झुन्डाएर, उभाएर गाडी चलाए । त्यतिमात्र नभएर निजी गाडीमा घर जानेको चाप पनि उत्तिकै थियो । दशैं लगभग सिद्धिन्न लागिसकेको छ । तर टीका लगाउने क्रम भने जारी छ । दशैंको दिन आफ्नो मान्यजनबाट टीका लगाएपछि घर गएकाहरु धमाधम काठ्माडौं फर्किन थालेका छन् । आखिरी काठ्माडौंमा भएको आफन्तको हातबाट पनि टीका लगाउनैपप्यो । गाडीको अभावको कारण तिहारपछि फर्किने पनि उल्लेखीय छन् ।

जसरी गाँउ गएका थिए ढोका झुन्डिएर कति त त्यही अवस्थामा फर्केर आइरहेको छन् । गाँउमा फलेका ताजा तरकारी, अन्नको साथ प्याक गाडीमा बालबच्चा बोकेर फर्किने पनि नभएका भने होइनन् । सबैको साथमा झोला छ गाडीमा भएको डिक्की भरिभराउ । दोधारमा जनताः गुन्टा बोक्नु कि बालबच्चा । बच्चा र गुन्टा बोकेर प्याक गाडीमा । खुट्टाले त भयो अब उभिन्न सकिन्न भन्न थाल्छ ।गाडीमा यात्रुको चापले मास्क लाउन निकै सकस हुन्छ । मास्क नलगाउनेपनि यत्तिकै छन् । कोरोना सर्ने हो कि भन्ने अर्को चिन्ता । यातायात व्यवसायीले सिटभन्दा बढी यात्रु हाल्दैनौ भन्दै बढाएको भाँडा सर्वसाधारणको लागि वालुवामा पानी मिसाएझै भएको छ ।

टाढा घर भएकाहरु बिहानै गाडी चढेपनि काठ्माडौं आइपुग्न लगभग एकदिन पुरा लाग्न सक्छ । गाडीले कि त राति काठ्माडौ पुप्याउछ कि सबेरै । गाडीबाट आफ्नो कोठामा पुग्नको लागि टयक्सी त चाहि नै हाल्यो । भखरै त उभिएर आएको अब हिड्न सकिदैन् भन्ने खुटट पहिल्यै कराउन थालिसक्छ । थाकेको जीउले बालबच्चा बोकोस् कि गुन्टा । दिउँसो चल्ने लोकल गाडीहरु राति चल्दैन् । कि त हिड्नपप्यो । नत्र भए ट्याक्सीले मागेजति पैसा तिर्न सक्नुपप्यो । राति चल्ने ट्याक्सीले यात्रुलाई सजिलै ठग्छ । घण्टौ मोलमोलाइ गर्दापनि ट्याक्सी चालक मिटरमा जान मान्दैन् । यता अर्को समस्या ।
अर्घाखाँचीबाट बसमा आएर कलंकीमा ओर्लेको यात्रुलाई पनि त्यस्तै समस्या पप्यो । सानेपा जानुपर्ने रहेछ । राति दश बजे कलंकी चोकबाट सानेपा जानलाई ट्याक्सी चालकले आठ सय रुपिँया माग्छन् ।

चार जनाको परिवार त्यहीमाथि ती पोकाहरु । कंलकीबाट सानेपा तिनदेखि चार किमि होला । मिटरमा कुनै ट्याक्सीले यात्रु बोक्न मान्दैन् । त्यति नै तिरेर उनी आफ्नो गन्तव्यस्थलतिर हुइकिए । त्यस्तै, वीरगंजबाट टाटासुमोमा आएर बल्खुमा ओर्लिएका उनी ट्याक्सीको खोजीमा थिए । किन कि उनलाई आफ्नो कोठा अनामनगर घट्टेकुलासम्म पुग्नुथियो । पुरै शरीर थिल्थिलो भइसकेको थियो । उनीमा हिड्ने आँट थिएन् । रातिको एघार बजे ट्याक्सीले बल्खुबाट अनामनगर जानको पन्ध्र सय माग्यो । बल्खुबाट अनामनगर बढीमा आठ किमि होला । तर के गर्नु बोलेर पनि ट्याक्सी चालक मान्नेवाला छैनन् ।
दोलखाबाट बसमा आएर जडीबुटी ओर्लिएको तिनलाई काँडाघारी पुग्न सात सय रुँिपया माग्यो । रातको समयमा ट्याक्सीले यात्रुलाई मनलाग्दी भाँडा लिएर ठगिरहेको छ । राति बाटामा ट्रफिक हुन्छन न कुनै कारबाही । फेरि रातको समयमा अरु गाडी पनि चल्दैन् ।

अनि ट्याक्सीले सर्वसाधारणको बाध्यताको फाइदा उठाउदै जनता ठग्ने गरेको छन् । तर यातायात व्यवस्था विभाग भने जनता ठगिँदा पनि मस्तको निद्रमा परेको छ । ट्याक्सी चढ्नेबित्तिकै यात्रुले १४ रुपिँया तिर्नपर्छ । सरकारले तोकेको भाँडा प्रत्येक किमि ३९ रुपिँया छ । राति ९ बजेदेखि बिहान ६ बजेसम्म डेढी हान्छ । ट्रफिक महाशाखाले दिउँसो मिटरमा यात्रु नबोक्ने ट्याक्सीलाई कारबाही गर्न छोडिसकेको छ । अनुगमन नहुदाँ यसरी ट्याक्सी व्यवसायीको मनोबल बढेको हो । यातायात व्यवस्था विभागले पनि अनुगमनमा खासै चासो दिएको देखिदैन् । ट्याक्सी व्यवसायी जहिले यातायात व्यवस्था विभागको महानिर्देशकलाई भेट्ने आफ्नो वकतव्य राख्दै डिजी गलाउने काम गर्छन् ।

यता, ट्रफिक महाशाखाका प्रमुखलाई भधेट्ने अनि त्यहाँ पनि आफ्नो विचारापन देखाउने । सरकारले लकडाउन गरेर हामी डुब्यौ भन्छन् ट्याक्सी व्यवसायी । त्यही भएर पनि ट्रफिक महाशाखा र यातायात व्यवस्था विभागले यात्रु ठग्ने ट्याक्सीलाई कारबाही गरेको छैनन् । ट्रफिक महाशाखा उजुरी गर्न भनेर १०३ नम्बर दिन्छ । १०३ मा फोन गर्दा कसैले फोन नै उठाउदैन् भने कहिलेकाँही त घण्टौसम्म व्यस्त हुन्छ । गृह मन्त्रालयले अहिलेको दशैंमा कालोबजारी, बढी भाँडा लिएर यात्रु ठग्ने, सिट भन्दा बढी यात्रु हाल्ने सवारीलाई कारबाही गर्न निर्देशन दिएन् ।

दशैंको बेलामा यातायात व्यवसायीले सरकारले तोकेको भन्दा दोब्बर भाँडा लिए । सिट क्षमताभन्दा बढी यात्रु हालेर दुर्घटनामा पारेर मान्छे पनि मारे । अहिलेको गृहमन्त्री व्यापारीसंग पैसा उठाउने र सिडियो सरुवा गर्ने काम मात्र गर्छन् । उनलाई पैसातिर मात्र ध्यान छ । गृहमन्त्रीले कडा अनुगमन गरेको भए बजारमा सामानको अचाक्ली मुल्यबृद्धि पनि हुदैन्थ्यो । यता, दशैं मान्न गएका सर्वसाधारणले दुर्घटनामा परेर आफ्नो ज्यान पनि गुमाउनुपर्दैनथ्यो । अहिले पनि गृहमन्त्रीले कालोबजारी गर्ने र सिण्डिकेट लगाउने यातायात व्यवसायीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छैन् ।
अनुगमन गर्न कि निर्देशन चाहिन्छ ? जसले ठग्छ उसलाई तत्कालै कारबाही गरेर कानुनको दायरामा ल्याउनैपर्छ । हरेक व्यवसायीतर्फ सरकारको आँखा हुनुपर्छ । तर हाम्रो देशमा त सरकार नै आँखा चिम्लेर बसेको छ । सिडियोहरु पनि तलब खाने काम मात्र गर्दछन् ।

माथिबाट निर्देशन आएको छैन् भन्ने आफ्नो जिम्मेवारी नै वहन नगर्ने । अनि जनताचाहि जहिले पनि ठगिएको ठग्यै । अहिले बाटोघाटो, सार्वजनिक यातायात कतै पनि स्वास्थ्य मापदण्डको पालना भएको छैन् । त्यही पनि अनुगमन र्छन् । घर गएका सर्वसाधारणहरुले आफुसंग कोरोना बोकेर उपत्यका छिरेर छन् ।
परीक्षण त्यहा पनि शुन्य । जहाँ गएपनि मर्ने भनेको जनता नै रहेछन् । यातायात व्यवसायीदेखि जनता पिडित भइसकेको छन् । पैसा तिरेर पनि यातायात व्यवसायीले जनतालाई सेवासुविधा दिदैनन् । व्यापारीहरु देखि त जनता कायल नै भइसकेको छन् ।

झन् दशैंको मुखमा व्यापारीहरुले उपभोक्तालाई ठग्नुसम्म ठगे । व्यापारीहरुले वर्षभरिको आम्दानी एकचोटि उठाएको छन् । पाँच सय पर्ने सामान पन्ध्र सयमा बेचिहाले । लत्ताकपडा, हरियो तरकारी, खाधान्न छोइनसक्नु भएको छ । बिहान कमाएर बेलुका गुजारा गर्ने गरिब जनताहरुले त भातसंग नुन हालेर पनि खाए होलान् । ट्याक्सीले यात्रु लुटेको छन् व्यापारीले उपभोक्ता । त्यहीमाथि बागमती प्रदेशले सार्वजनिक यातायातको भाँडादर वृद्धि गप्यो । एक किलोमिटर यात्रा गर्नेबित्तिकै १८ रुपिँया तिर्नपर्छ । भाँडादर भागबण्डा समेत लगाइएको छैन् । जनता भने पिल्सिएको पिल्सै छन् । तर सरकार देखेपनि नदेखेझै गरेर बसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर