काठमाडौंका सीडीओे रिजालालाई कोरोना संक्रमण पुष्टि भएसँगै कन्ट्याक्ट ट्रेसिङमा परे ललितपुर र भक्तपुरका सीडीओ — OSNepal

काठमाडौंका सीडीओे रिजालालाई कोरोना संक्रमण पुष्टि भएसँगै कन्ट्याक्ट ट्रेसिङमा परे ललितपुर र भक्तपुरका सीडीओ

LC (KTM) January 10, 2022 0

काठमाडौं २६ पौष । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको कोरोना परिक्षणको रिर्पोट आएको छ ।

रिजालको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनको कोरोना रिर्पोटको नतिजा पोजेटिभ आएको छ ।

रिजाललाई कोरोना संक्रमण पुष्टि भएसँगै ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु र कार्यालयका कर्मचारीहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

केहि दिन यता उपत्यकामा बढेको कोरोना संक्रमणमा राजनीतिक दलका नेताहरुमा समेत परेका छन् ।

माओवादी केन्द्रको माधिवेशनबाट अध्यक्ष प्रचण्ड सहित दलका अन्य नेतामा कोरोना पोजेटिभ देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको समेत कोरोना परिक्षण गरिएको थियो ।

तर देउवाको रिर्पोट भने नेगेटिभ आएको उनको सचिवालयले जानएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर