काठमाडौंबाट खुम्न गएका थिए यी नौ जना तर बिचै बाटोमा अस्ताए आठ जना — OSNepal

काठमाडौंबाट खुम्न गएका थिए यी नौ जना तर बिचै बाटोमा अस्ताए आठ जना

LC (KTM) October 11, 2021 0

काठमाडौं २५ असोज । पोखराबाट पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै ज्यान गएको छ ।

नौ जना सवार उक्त जीपमा एक जनालाई भने भीरमा अड्किएको अवस्थामा प्रहरीर स्थानीयले उद्धार गरेका थिए । ज्यान गुमाउनेमा काठमाडौँ महानगरपालिका–३ गोङ्गबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भई हाल काठमाडौँ गोङ्गबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरपालिका–३ गोङ्गबु बस्ने २० वर्षीया देविका घिसिङको बायाँ हात र नाकमा समान्य चोट मात्र लागेको छ । ज्यान गुमाउनेमा चालकमा कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री रहेका छन् ।

काठमाडौंबाट घुम्नका लागि पोखरा घान्द्रुक गएका उक्त समुहको ग १ ज ६९०० नम्बरको बोलेरो जीप हुदुस्थित सडकबाट आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सबैको दुखद मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर