काठमाडौँ २८ कात्तिक । तास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
शनिबार राति काठमाडौं महानगरपालिका-७ गंगाहिटी चाबहिलस्थित टहरोमा पाँचथर घर भएका ३७ वर्षीय सुजन लिम्बुले संचालन गरेको खुकुरी सेकुवा कर्नर, रेष्टुरेन्ट तथा खाजा घरमा तास खेलिरहेको अवस्थामा सुजन लगायत ८ जनालाई महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले नगद १ लाख १८ हजार २ सय २० रुपैयाँ र ३ बुक तास समेत बरामत गरेको छ । यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको बताएको छ ।