काठमाडौमा ट्राफिक जामले सास्ती — OSNepal

काठमाडौमा ट्राफिक जामले सास्ती

LC (KTM) January 07, 2022 0

काठमाडौं । पछिल्लो आधा दशकमा काठमाडौँ उपत्यकामा सवारीसाधनको सङ्ख्या दोब्बरले बढेको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकाका सडक चौडा बनाउने अभियान सुरु गरेका थिए ।

अहिले उपत्यकामा सडकको कूल लम्बाइ २ हजार ८६ किलोमिटर पुगेको छ । तर यस अवधिमा उपत्यकामा सवारीसाधन भने दोब्बर बढी थपिएका छन् ।काठमाडौँको सडक सञ्जालको तुलनामा बर्सेनि सवारीसाधन थपिँदै गएपछि चोकचोकमा ट्राफिक जाम बाक्लै देखिन थालेको छ ।यो खबर आजको नागरिक दैनिकमा छ ।

यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०७२ ७३ मा बागमती प्रदेशमा ९ लाख २२ हजार ९ सय सवारीसाधन दर्ता थिए ।अहिले यो प्रदेशमा दर्ता सवारी सवारी साधनको सङ्ख्या २०७८ ७९ कात्तिक मसान्तसम्म १७ लाख ६ हजार ८ सय ३४ पुगेको छ । जसमध्ये उपत्यकामा १५ लाखभन्दा बढी सवारीसाधन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर